जबर्जस्ती करणी आरोपमा एक युवा पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 12 | 11:27 am 1533

अछाम, मंसिर, २६: महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणीको आरोपमा जिल्लाको साँफेबगर नगरपालिका–४ भण्डारीगाउँ निवासी ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । किशोरीले दिएको जाहेरीका आधारमा भुललाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए।

भुलले यही मङ्सिर २३ गते आइतबार ती किशोरीमाथि जबरजस्ती करणी गरेपछि किशोरीले साँफेबगर इलाका प्रहरी कार्यालयमा जानकारी दिएलगतै प्रहरीले भुललाई घरबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.