संवैधानिक परिषदकाे बैठक फेरी स्थगित, प्रधानन्यायाधीश सिफारिस अझै पर धकेलियाे

| 2018 Dec 11 | 06:45 pm 2471

काठमाडौैँ, मंसिर २५ :  संवैधानिक परिषदको मंगलबार साँझ बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएकाे छ ।  प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेपछि बैठक स्थगित भएको हो।

गत मंसिर १७ गते बसेको बैठकले कुनै निर्णय लिन नसक्दा २२ गते शनिबारका लागि बोलाइएको थियो । तर शनिबार परेको भन्दै बैठक नबसेपछि आजका लागि बोलाइएको थियो । तर आजको वैठक पनि बस्दै नबसी स्थगित भएपछि  प्रधानन्यायाधीश सिफारिस अझै पर धकेलिएको छ ।

संवैधानिक परिषद्को अर्को बैठक पुस ५ गते बोलाइएको छ । नयाँ प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमसेर जबरा र दीपकराज जोशीको नाम न्याय परिषदले परिषदमा पठाएको छ । जोशी यस अघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि अहिलेका प्रधानन्यायाधीश मिश्रको नाम सिफारिस गरिएको थियो ।

सुरुमा बैठक ११ः३० बजे बोलाइएको भएपनि नेताहरु उपस्थित हुन नसक्ने भएपछि ५ बजेलाई सारिएको थियो। प्रधानन्यायाधीशमा सिफारिसका लागि सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक प्रावधान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.