बेपत्ता भगतको शव पोखरीमा फेला

रिपोर्ट नेपाल | 2018 Dec 11 | 03:11 pm 2153

कलैया, मंसिर २५ :  कलैया उपमहानगरपालिका–१६ का ६५ वर्षीया सत्यनारायण महतो कोइरीको शव आज बिहान फेला परेको छ ।

स्थानीय रामजानकी मन्दिर छेउस्थित पोखरीको डिलमा सोमबार साँझ क्रिकेट खेलिरहेका बालबालिकाको ब्याट पोखरीमा खसेपछि सो ब्याट झिक्न कोइरी सोमबार पोखरीमा पस्नु भएका थिए ।

पोखरीको पानी अत्याधिक चिसो भएका कारण सन्तुलन गुमाएपछि उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । कोइरी पानीमा डुबेको देखेपछि बालबालिकाले स्थानीयवासीलाई खबर गरेका थिए ।

सोमबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले करीब तीन घण्टा खोजी गरेपनि कोइरीको अवस्था पत्ता लाग्न सकेन । आज बिहान पुनः खोजी गर्दा पोखरीमा कोइरीको शव भेटिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.