समानता कायम भए लैङ्गिक हिंसा सकिन्छ : नेतृ ज्ञवाली

रिपोर्ट नेपाल | 2018 Dec 10 | 07:11 pm 1655

रुपन्देही, मंसिर २४ : नेकपाका केन्द्रीय सदस्य राधा ज्ञवालीले समानता कायम भए लैङ्गिक हिंसा आफै समाप्त हुने बताएकी छन् । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले पनि समाजमा महिला र पुरुषबीच भेदभाव कायम रहेकाले हिंसा अन्त्य गर्न व्यवहार परिवर्तन जरुरी रहेकोमा जोड दिइन् ।

मुलुकमा भएका ठूला राजनीतिक परिवर्तमा महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेकी ज्ञवालीले अबका दिनमा अधिकार प्राप्तिका लागि नयाँ ढङ्गले अगाडि बढनुपर्ने बताइन् ।

पार्टी एकतापछि अनेमसङ्घ र क्रान्तिकारी महिला सङ्गठनलाई एकताबद्ध गर्दै सडक र सदनबाट महिला अधिकारका लागि आवाज उठाउने उहाँले जानकारी गराइन् ।

उनले सरकारमा रहँदा पनि लैङ्गिक हिंसाविरुद्ध आवाज उठाएको उल्लेख गदै नेकपामा आबद्ध महिलाले ८ मार्चसम्म लैङ्गिक हिंसाविरुद्ध अभियान चलाउने बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.