मंसिर २५ र २६ गते सार्वजनिक विदा

रिपोर्ट नेपाल | 2018 Dec 10 | 06:33 pm 1818

जनकपुर, मंसिर २४ :  विवाह पञ्चमीको अवसरमा मंसिर २५ र २६ गते दुई दिन सार्वजनिक विदा हुने भएको छ । राम–सीता विवाहपञ्चमी महोत्सवमा स्थानीय सरकारले दुई दिन विदा दिन बिदा दिने निर्णय गरेकोे छ हो ।

जनकपुरधाम उप–महानगरपालिकाले विवाह पञ्चमीलाई भव्यतापूर्वक मनाउन भन्दै दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको हो । जसअनुसार मंसिर २५ र २६ गते जनकपुरधाम नगरभित्रको सम्पूर्ण सामुदायिक विद्यालयको पठन पाठन बन्द हुनेछ ।

विवाहपञ्चमी महोत्सवमा लाखौँ श्रद्धालु भक्तजनको सहभागिता हुने अनुमान गर्दै उपमहानगरपालिकाले श्रद्धालुभक्तजनको लागि बासस्थलको रुपमा विद्यालय उपलब्ध गराइदिन पनि आग्रह गरेको छ ।

साथै विद्यालयलाई आवश्यकता अनुसार आगन्तुक श्रद्धालु भक्तजनलाई बास उपलब्ध गराई विद्यालयको भवन प्रयोग गर्न दिन आग्रह समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.