कँडेलको ‘पाञ्चाली’ कविता सङ्ग्रह बजारमा

रिपोर्ट नेपाल | 2018 Dec 08 | 02:41 pm 2227

काठमाडौं, मंसिर २२ : मानव अधिकारकर्मी एवं कवि कृष्ण कँडेलद्वारा लिखित ‘पाञ्चाली’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ ।

मानवअधिकार तथा शान्ति समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रा डा सावित्री कक्षपति, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गजलकार ज्ञानुवाकर पौडेललगायतले संयुक्तरुपमा ‘पाञ्चाली’ कविता सङ्ग्रह विमोचन गरेका हुन्।

कविता सङ्ग्रह समाजले नै प्रकाशन गरेको हो । कार्यक्रममा वरिष्ठ पत्रकार नेपाल, समाजका सभापति उत्तम पुडासैनी, पूर्व सभापति गङ्गाधर अधिकारी, नाटककार मल्ल, प्रा डा कक्षपतिलगायतले उहाँका कविताका बारेमा चर्चा गर्नुभएको थियो । पाञ्चाली कवि कँडेलको दोस्रो कविता सङ्ग्रह हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.