इपीएल : आज तेस्रो संस्करण सुरु हुँदै

रिपोर्ट नेपाल | 2018 Dec 08 | 09:28 am 1872

काठमाडौं, मंसिर २२ :  एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आज सुरु हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज दिउँसो हुने उद्घाटन खेलमा साविक विजेता विराटनगर वारिवर्स र ललितपुर प्याट्रीयट्सले प्रतिस्पर्धा गर्नेछन् ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगर र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर पहिलो खेलमा सफलता हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस र उपकप्तान ज्ञानेन्द्रको टिमबीच हुने उद्घाटन खेल अपरान्ह १ बजे सुरु हुनेछ ।

घरेलु क्रिकेटको सबै भन्दा ठुलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोली सहभागी छन् । यस पटक पनि अघिल्ला संस्करणकै टिमहरू काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.