आजबाट प्रदर्शनमा प्रसाद

रिपोर्ट नेपाल | 2018 Dec 07 | 09:07 am 2060

काठमाडौं, मंसिर २१ : नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेतले अभिनय गरेको चलचित्र प्रसाद आजबाट प्रदर्शनमा आएको छ।

दिनेश राउतको निर्देशनमा बनेको प्रसाद सन्तान नभएपछि एउटा दम्पतीले परिवार, समाज र समग्र गाउँबाट कस्ता खालका टिका–टिप्पणी सुन्नु वा व्यवहार सहनुपर्छ ? के–कति पीडा खेप्नुपर्छ भन्ने विषयमा आधारित चलचित्र हो।

यो चलचित्रले एक महिनाअघि सार्वजनिक गीत लै लै, वनकी चरीबाट चर्चा कमाएको थियो र ट्रेलर पनि उस्तै दमदार देखिएपछि दर्शकहरू चलचित्र प्रसादप्रति निकै उत्सुक देखिएका छन्।

यो चलचत्रिमा नि:सन्तान दम्पतीको पीडा र उनीहरूको संघर्ष चित्रण गरिएको निर्देशक दिनेश राउत बताउँछन्। निर्देशक राउतले चलचित्रमा समाजको बास्तविक घटना समेटिएको बताए।

प्रसादमा परिपक्व र अभिनयमा दख्खल राख्‍ने कलाकारहरू भएका कारण समग्र चलचित्रले कथाप्रति न्याय गरेको निर्माण टिम बताउँछ । सुशील पौडेलले लेखेको यो चलचित्रमा सन्तान नहुँदा भोग्नुपर्ने सामाजिक एवं मानसिक अप्ठयाराहरूलाई दुई पात्र बाबुराम तथा नारायणी मार्फत देखाइएको छ।

एक करोड ८० लाख रुपैयाँ लगानी गरिएको यो चलचित्रको प्रदर्शन नेपाललगायत १० भन्दा बढी मुलुकमा हुने बताइएको छ । नेपाल र अस्ट्ेरलियामा एकसाथ प्रदर्शन हुने प्रसादको छायाँकन काठमाडौं उपत्यकामा छायाँकन गरिएको हो ।

यसको छायाँकन सकिन ४० दिन लागेको थियो भने १५ महिनामा समग्र चलचित्र निर्माण भएर प्रदर्शनका लागि तयार भएको हो । सुवास थापाले निर्माण गरेको चलचित्र प्रसादमा विपिन कार्कीले ग्रामीण भेगका दलित युवाको भूमिका निर्वाह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.