देशभर बढ्‍यो चिसो, काठमाडौंमा अझै घट्‍यो तापक्रम

| 2018 Dec 07 | 07:15 am 1797

काठमाडौं, मंसिर २१ : काठमाडौंको तापक्रम ओरालो झर्ने क्रम जारी छ। बिहीबार ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शुक्रबार ५ दशमलव ८ डिग्री पुगेको छ।

यसअघि ३० कार्तिक शनिबार वर्षकै न्यून काठमाडौंको तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो। बुधबार काठमाडौंको तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो।

आज जुम्लाको तापक्रम माइनस ३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ। बिहीबार जुम्लामा माइनस ४ डिग्री मापन गरिएको थियो। जुम्लामा सोमबार तापक्रम माइनस ४ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो। जुन वर्षकै कम तापक्रम हो।

बिहीबार बिहीबार माइनस शून्य दशमलव २ डिग्री मापन गरिएको जिरीको तापक्रम शुक्रबार शून्य दशमलव ४ डिग्री पुगेको छ। जोमसोमको तापक्रम पनि शून्यमा झरेको छ।

आज दिपायलको तापक्रम ९ दशमलव ४ डिग्री छ भने डडेल्धुराको ५ दशमलव ७ डिग्री पुगेको छ। त्यसैगरी ताप्लेजुङको तापक्रम ६ डिग्री छ भने लुम्लेको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ।

त्यसैगरी आज धनगढीको तापक्रम ९ डिग्री छ भने विराटनगरको तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस छ।

आज पूर्व र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना छ। अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ | साथै पश्चिमि उच्च हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ।

काठमाडौंमा आज बिहान सुर्योदय ६ बजेर ४२ मिनेटमा भयो भने सुर्यास्त बिहान ५ बजेर ९ मिनेटमा हुने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.