भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 06 | 08:56 am 2149

भक्तपुर, मंसिर २० : भक्तपुरको लोकनथलीमा बुधबार राति पौंने १२ बजे मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बा ९३ प १४१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रोलिङमा ठोक्किदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भक्तपुरको सुर्यबिनायक बस्ने सिन्धुपालचोक जुगल गाउँपालिका-४ का २३ बर्षिय कुमार श्रेष्ठ रहेका छन।

उनको उपचारको क्रममा नागरिक अस्पताल गठ्ठाघरमा गएराति सवाँ १२ बजे मृत्यु भएको हो।

मोटरसाईकलमा पछाडि सवार सोही ठाउका २५ बर्षिय राजकुमार श्रेष्ठको नागरिक अस्पतालमा उपचार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.