एक महिनाअघि मोटरसाइकल चोर्ने दुर्इ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 06 | 07:38 am 2298

भक्तपुर, मंसिर २०: गत कात्तिक १९ गते राति घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले एक महीनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गुजरा नपा वडा नं ४ कनकपुरका १९ वर्षीय शेख समसुद्दिन र सोही ठाउँका २३ वर्षीय सेख नयाज रहेका छन्।

भक्तपुर महानगरीय प्रहरी परिसर, रौतहटको चन्द्रपुर इलाका प्रहरी कार्यालय टोलीले रौतहटबाटै भक्तपुरको चाँगुनारायण नगरपालिका–४ हलचाप बस्ने ध्रुव श्रेष्ठको बा९६प १७७० नंको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। पक्राउ परेका दुवैलाई कारवाहीका लागि बुधबार भक्तपुर जिल्ला अदालतमा मुद्दामा म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.