विमान खरिदबारे पर्यटनमन्त्री अधिकारीमाथि खनिए सांसदहरु

| 2018 Dec 05 | 04:54 pm 1675

काठमाडौँ, मंसिर १९ : वाइडबडी खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गर्न गम्भीर नभएको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीप्रति सांसदहरु आक्रोशित भएका छन्।

बुधबार संसदको सार्वजनिक लेखा समितिमा जवाफ दिन बोलाइएका मन्त्री अधिकारीले वाइडबडी खरिद प्रक्रियामा अनियमितिता नभएको र यस विषयमा लेखा समितिले सहयोग गर्नुपर्ने भनाइ राखेपछि उनीप्रति सांसदहरुको आक्रोश पोखिएको हो।

२४२ टन अधिकतम उडान भारमा विमान खरिद गर्ने भनिए पनि २३० टन उडान भारमा झार्दा पनि मूल्य नघटाउँदा निगमलाई ३ अर्ब रुपैयाँ घाटा भएको सभापति शाहको भनाइ थियो ।

यस्तै विमान निर्माता कम्पनी एयरबस र निगमबीच भएको सम्झौताअनुसार ९३ मिलियन अमेरिकी डलरमा खरिद–बिक्रीको सम्झौता भएकोमा विमानको मूल्य १०४.८ मिलियन डलर कसरी पुग्यो भनेर प्रश्न गरे ।

तर मन्त्री अधिकारीले भने विमान खरिद प्रकरणबारे स्पष्ट जवाफ दिएनन् । मन्त्री अधिकारीले महालेखा परीक्षकको प्रतिवेदनबारे छलफल चलिरहेको बताए । उनले विमान खरिद प्रकरणबारे छानबिन गर्न वायु सेवा निगमलाई नै जिम्मा दिइएको पनि बैठकमा जवाफ दिए ।

सत्तारुढ दल नेकपाकै सांसद लेखराज भट्टले विमान खरिदमा अनियमितता भएको निकाय वायुसेवा निगमलाई नै छानबिनको जिम्मा दिइनुले झन शंका बढाएको बताए ।

सांसदहरुले मन्त्री अधिकारीलाई ‘तपाईँले कत्ति पनि गम्भीरता प्रकट गर्नुभएन’ भन्दै आक्रोश पोखे। ‘लेखा समितिमा आएर विद्यार्थी नेताको जस्तो भाषण गरेर हुन्छ रु तपाईको पद अनुसारको जिम्मेबारी लिन सक्नुपर्छ कि पर्दैनरु’ सांसद ह्दयेश त्रिपाठीले भने, ‘लेखा समितिले सहयोग गर्नुपर्‍यो भनेको के हो ?’

अर्का सांसद अमनलाल मोदीले पनि मन्त्री अधिकारीको समितिले सहयोग गर्नुपर्‍यो भन्ने अभिव्यक्तिप्रति चर्को आक्रोश पोखे।‘समितिले सहयोग गर्ने भनेको के हो रु हामीले भ्रष्टाचार गरेका छौँ, छानबिन नगरदिए हुन्थ्यो भनेको हो कि भ्रष्टाचारलाई अनुमोदन गरिदिनुहोस् भनेको होरु यदि त्यसो हो भने मन्त्रीज्यू तपाईँ मन्त्रालबाट लेखेर पठाउनुहोस् हामी अनुमोदन गरिदिन्छौँ,’ मोदीले भने।

यस्तै सांसद तेजुलाल चौधरीले पनि वाइडबडी खरिद प्रक्रियामा मुछिएकाहरुलाई नै छानबिन समितिमा राखेको भन्दै विरोध जनाए।
‘मन्त्रालय आफैले छानबिन समिति बनाउने रु त्यो समिति मार्फत तपार्इँले कस्तो परिणाम निकाल्नुहुन्छ रु यसमा मेरो ठूलो आपत्ति छ,’ उनले भने ।

सांसद मिनेन्द्र रिजालले पनि मन्त्री अधिकारीले अत्यन्त निराशाजनक जवाफ दिएकोमा आफूलाई दुःख लागेको बताए । ‘तपाईले निराशाजनक जवाफ दिनुभयो हामीले तपाईँलाई आशा गरेको नेता मानेका थियौँ तर हाम्रो दूर्भाग्य साबित होला जस्तो छ । मन्त्री ज्यू वाइडबडी खरिद प्रक्रिायमा के तपाई आफै सन्तुष्ट हुनुहुन्छरु यदि हुनुहुन्छ भने किन हुनुहुन्छ, हुनुहुन्न भने किन हुनुहुन्न रु जवाफ चाहियो । तपाई अस्पष्ट भएर हुँदैन ।’

मन्त्री अधिकारीले युरोपेली युनियनले नेपाली विमान कम्पनीहरुलाई कालो सूचीमा राख्न जरुरी नभएको बताए । ईयूले भनेको सबै मापदण्ड नेपालले पूरा गरिसकेको उनको दाबी छ ।

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले नेपाली विमान कम्पनीहरुमाथि लगाएको प्रतिबन्ध हटाएको भन्दै उनले आईकाओको मापदण्डलाई ईयूले पनि मान्नुपर्ने बताए ।

युरोपेली युनियनले ६ वर्षदेखि नेपाली विमान कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । सरकारी उड्डयन अधिकारीहरुले यो वर्ष हट्ने दाबी गरेका थिए तर, हालै मात्र ईयूले निकालेको कालोसूचीमा नेपालका सबै विमान कम्पनी परेका छन् ।

पर्यटनमन्त्री अधिकारीले कालोसूचीबाट हटाउन सरकारले पहल गरिरहेको बताए । भिटिन नेपाल २०२० भन्दा अगाडि नै प्रतिबन्ध हटाउनुपर्छ । नभए यसको असर पर्छ’ उनले भने । मन्त्री अधिकारीले आगामी मार्च वा अप्रिलसम्म इयुको कालोसूचीबाट हट्ने दाबी गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.