तौलिहवा, मंसिर १९: मंगलबार राति कपिलवस्तु नगरपालिका–९ कुश्मामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ४० वर्षीय श्याम यादव रहेका छन् ।
लु३त ५२१६ नं को ट्याक्टर कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको पल्टिँएको हो। ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको हो भने ट्याक्टर प्रहरी नियन्त्रणमा छ।
चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।