देशभर मौसम सफा रहने, चिसो बढ्‍ने

| 2018 Dec 04 | 07:10 am 1510

काठमाडौं, मंसिर १८: मंगलबार काठमाडौंको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। सोमबार काठमाडौंको न्‍यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो। त्यस्तै शनिबार ७ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम आइतबार ८ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो।

जुम्लाको सोमबार तापक्रम माइनस ४ दशमलव ८ डिग्री सेल्सियस पुगेको काठमाडौंको तापक्रम मंगलबार माइनस ४ दशलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। बिहीबार शून्यमा झरेको जुम्लाको तापक्रम शुक्रबार माइनस २ डिग्री पुगेको थियो भने शनिबार माइनस ३ डिग्री पुगेको थियो। आइतबार भने जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री मापन गरिएको थियो।

आइतबार २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जोमसोमको तापक्रम सोमबार १ दशमलव २ डिग्री पुगेको थियो भने मंगलबार माइनस १ डिग्री मापन गरिएको छ। आज जिरीको तापक्रम ५ दशलमव ५ डिग्री सेल्सियस मापन गरिएको छ। सोमबार यहाँको तापक्रम ७ दशमलव ९ डिग्री मापन गरिएको थियो।

मंसिर १८ गते (मंगलबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। बांकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज काठमाडौंमा सुर्योदय बिहान ६ बजेर ४० मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर ९ मिनेटमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.