देशभरको तापक्रम ओरालो, जुम्लामा माइनस ४ डिग्री

| 2018 Dec 03 | 06:56 am 1929

काठमाडौं, मंसिर १७: सोमबार देशभरको तापक्रम घटेको छ। काठमाडौंको न्‍यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ। शनिबार ७ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम आइतबार ८ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो।

जुम्लाको तापक्रम माइनस ४ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ। बिहीबार शून्यमा झरेको जुम्लाको तापक्रम शुक्रबार माइनस २ डिग्री पुगेको थियो भने शनिबार माइनस ३ डिग्री पुगेको थियो। आइतबार भने जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री मापन गरिएको थियो।

आइतबार २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जोमसोमको तापक्रम सोमबार १ दशमलव २ डिग्री पुगेको छ। जिरीको तापक्रम ७ दशमलव ९ डिग्री मापन गरिएको छ।

डढेल्धुराको तापक्रम ६ दशलव ९ डिग्री पुगेको छ भने ताप्लेजुङको तापक्रम ८ दशलव ८ डिग्री सेल्सियस छ।

आज देशको पहाडी भू-भागमा आंशिक बदलि रहने तथा अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।

आज काठमाडौंमा सुर्योदय बिहान ६ बजेर ३९ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर ९ मिनेटमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.