ललितपुर, मंसिर १५ : महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले करिब १ हजार ३ सय लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।
ललितपुर महानगरपालिका १४ कान्तिपुर क्लोनिस्थित टहाराबाट १ सय लिटरको १३ वटा ड्रममा राखिएको अवस्थामा उक्त अवैध घरेलु मदिरा प्रहरीले बरामद गरेको हो । आवश्यक कारबाहीका लागि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन् ।