काठमाडौं, मंसिर १५ : निर्मला पन्तको न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । शनिबार माइतीघर मण्डलमा पुगेर निर्मला पन्तका बलात्कारीको हत्यारालाई कार्बाही गरेको भन्दै गृहमन्त्रीलाई अक्षम भनेका छन् ।

उनीहरुले गृहमन्त्री राजीनामा दे, नेताबाट विकेछन, प्रहरी पनि विग्रेछन् । हत्या,हिंसा बलात्कार बन्द गर केपी ओलीको पाराले दुः ख पायो साराले भन्दै चर्का नारा समेत लगाएका छन् । माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर तर्फ गइरहेको छ ।