कागेश्वरीले दियो प्रहरीलाई क्यामरा

रिपोर्ट नेपाल | 2018 Dec 01 | 01:16 pm 2762

काठमाडौं, मंसिर १५  : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले समाजको शान्ति सुरक्षार्थ खटिएका प्रहरीबाट अनुचित कार्य भएमा तत्काल कार्बाही गर्ने बताएका छन् ।

कागेश्वरी नगरपालिकाद्वारा नगरको वडा नम्बर ९ मा जडान गरिएको १८ थान सिसि क्यामराको हस्तान्तरण कार्यक्रममा लामाले उक्त कुरा बताएका हुन् । एसएसपी लामाले प्रहरी संगठन भित्रका एक दुई जना ऐजेरुले गरेका गलत कृयाकलापलाई लिएर सिङ्गो प्रहरी संगठनलाई नहेर्न जनतासँग आग्रह गर्दै अव संगठन भित्र शुद्धिकरण अभियान चलेकोले दण्ड र पुरस्कृत दुबै गरिने बताएका थिए ।

नगरपालिकाले शान्ति सुरक्षाको विषयमा गम्भिर भएर अनुसनधानका लागि सिसि क्यामरा जडान गरेर जनपक्षिय काम गरेको लामाको भनाई रहेको थियो । कागेश्वरी नगरपालिकाका प्रमुख कृष्णहरी थापाले समाजको रुपान्तरण र विकासका लागि शान्ति सुरक्षा प्रमुख भएकोले सिसि क्यामरा जडान गरिएको बताएका थिए ।

अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी अपराधीलाई कानुनी दायरामा ल्याउन जडान गरिएका सिसि क्यामरा सहयोगी हुने थापाको भनाई रहेको थियो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द काफ्लेले एउटा विटबाट शुरु भएको काडाँधारीको प्रहरी आज सुविधा सम्पन्‍न भवन सहित सेवा दिएको छ ।

आफूसँग भएको सिमित साधन स्रोतलाई उच्चतम् प्रयोग गरी जनताको सुरक्षामा अहोरात्र खटिनुपर्ने बताएका थिए । समुदाय प्रहरी सहकार्य कार्यक्रम अन्तर्गत राखिएको कार्यक्रममा प्रभाग परीसरमा एसएसपी लामा र मेयर थापाले संयुक्त रुपमा रुद्राक्षको विरुवा लगाएका थिए । जडान गरिएको सिसि क्यामराकाु मनिटरिङ्ग प्रभागबाटै हुने डिएसपी काफ्लेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.