निर्मला पन्तको हत्यारालाई पक्राउको माग गर्दै पोस्टर टाँस्ने १२ जना पक्राउ

| 2018 Nov 30 | 04:21 pm 2588

काठमाडौं, मंसिर १४  : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिरसहितको पोस्टर टाँस्न खोज्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

बुधबार राति ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर पाेल पाेलमा टाँसिएका थिए । साे पोस्टर बिहीबार प्रहरीले हटाएपछि शुक्रबार  पनि उक्त पोस्टर टाँस्न  लाग्दा उनीहरुलार्इ पक्राउ गरेकाे हाे ।

सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैलाई सिंहदरबारस्थित प्रहरी वृत्तमा लगिएको छ।

गत साउन १० गते बलात्कारपछि हत्या भएको अवस्थामा निर्मलाको शव फेला परेको थियो। न्याय नपाएपछि उनका पिता यज्ञराज पन्तलाई मानसिक समस्या देखिएको छ। उनको शिक्षण अस्पतालमा उपचार हुँदैछ।

Image may contain: 5 people, people smiling, people standing and outdoor

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.