जोरबिजोर अवज्ञामा प्रहरी हस्तक्षेप: ८ जना गिरफ्तार, केही घाइते

| 2018 Nov 30 | 10:12 am 1846

काठाडौं, मंसिर १४: युथ कांग्रेस नेपालले आयोजना गरेको जोरबिजोर व्यवस्थाको अवज्ञा मोटरसाईकल र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। र्‍यालीमा सहभागी ८ जनालाई गिरप्तारसमेत गरेको छ।

गिरफ्तार हुनेहरुमा युथ कांग्रेसका राष्ट्रिय संयोजक सचिन तिमिल्सना, चेतन बुढाथोकी, डुजाङ शेर्पा, पुष्पकर बास्तोला, सुनिल शर्मा, तपेन्द्र खड्का लगायत रहेका छन् ।

राज्यको कार्यक्रम नभई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफुहरुलाई मान्य नभएको भन्दै युथ कंग्रेसले अवज्ञा मोटरसाईकल र्याली निकाल्दै थियो ।

काठमाडौको ज्ञानेश्वरबाट र्याली निकाल्न रातोपुलमा भेला भएकाहरुसँग झडप समेत भएको छ । झडपमा केही घाईते भएका छन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनतालाई सास्ती दिन नमिल्ने युथ कंग्रेसको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.