म्यानमारकी नेतृ सुकी र कम्बोडियाका प्रधानमन्त्री सेन नेपाल आइपुगे

| 2018 Nov 29 | 02:37 pm 2677

काठमाडौं, मंसिर १३ :  शुक्रबारदेखि काठमाडौंमा सुरु हुने एशिया प्यासेफिक समिटका लागि बिदेशी विशिष्ठ पाहुनाको अागमन जारी छ । सम्मेलनमा सहभागी हुन म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी नेपाल आइपुगेकी छिन् । आज बिहान सुकीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरलेलले स्वागत गरे । त्यस्तै कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि नेपाल आएका छन् ।

सम्मेलनमा सहभागी हुन अनौपचारिक भ्रमणका क्रममा विभिन्न ६ मुलुकका राष्ट्र प्रमुख तथा उच्च पदाधिकारी नेपाल आउँदै छन् । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडो हिजै काठमाडौं आइसकेका छन् । पोलीनेसिया मुलुक सामोआका राष्ट्रप्रमुख, दक्षिण प्रशान्त सागरमा रहेको टापु मुलुक टुभालुका सरकार प्रमुख र नाउरुका राष्ट्रपति बरोन वका पनि काठमाडौं आउने कार्यक्रम छ ।

‘बर्तमान समयका गंभिर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्बब्यापक मूल्य–मान्यता’ को नारासहित सम्मेलनमा विभिन्न ४५ देशका १ हजार ५ सयको विदेशी पाहुना काठमाडौंमा भेला हुने सम्मेलनमा सहभागी हुन पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी पनि काठमाडौं आउने कार्यक्रम छ । कोलम्बियाका पूर्व राष्ट्रपति, अफगानिस्तानका पूर्व उपराष्ट्रपतिलगायत सम्मेलनमा सहभागी हुन आउँने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.