शून्‍यमा झर्‍यो जुम्लाको तापक्रम, पहाडी भेगमा हल्‍का वर्षा हुने

| 2018 Nov 29 | 06:59 am 1631

काठमाडौं, मंसिर १३ : चिसो विस्तारै बढीरहेको छ। आज जुम्लाको तापक्रम शून्‍यमा झरेको छ। बिहीबार जुम्‍लाको न्‍यूनतम तापक्रम माइनस शून्‍य दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ। बुधबार त्‍यहाँको तापक्रम माइनस १ दशमलन ३ डिग्री सेल्सियस थियो।

काठमाडौंको आजको तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस छ भने बुधबार न्‍यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको थियो।

त्‍यसैगरी जोमसोमको बुधबारको तापक्रम ५ दशमलव २ डिग्री सेल्‍सयस मापन गरिएको थियो भने बिहीबार ५ डिग्री सेल्सियस छ। जिरीको तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने बुधबार १ दशमलव ६ डिग्री सेल्सियस थियो।

आज मंसिर १३ गते बिहीबार देशभरिको मौसम सामान्यतया सफा रहनेछ तथापि पहाडि भेगमा आंशिक बदलिको संभावना छ| पूर्वि र पश्चिमि पहाडि भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

आज बिहान सूर्योदय ६ बजेर ३६ मिनेटमा भयो भने सूर्यास्त बेलुका ५ बजेर ९ मिनेटमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.