पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवाको शव फेला

रिपोर्ट नेपाल | 2018 Nov 28 | 04:10 pm 1833

दाङ, मंसिर १२ : घोराही उपमहानगरपालिका–१७ गुलरीयामा रहेको कृत्रिम तालमा गत आइतबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवाको शव आज फेला परेको छ ।

घोराही उपमहानगरपालिका–१५ निवासी १८ वर्षीय लक्ष्मण डिसीको शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ । शव परीक्षणपछि आफन्तलाई बुझाइने प्रहरीले बताएको छ ।

गोताखोरले हिजो दिनभरि खोजी गरे पनि भेटाउन सकेको थिएन । चिसो शरीर फुल्न नपाएकाले शवमाथि आउन नसक्दा ढिलो गरी शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी र्दिए ।

जलाशय धेरै गहिरो रहेका कारण पानी फाल्न समय लागेको प्रहरीको भनाइ छ । पानी फालेपछि मात्र उनको शव फेला परेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.