काठमाडौं, मंसिर १२: चिसो बढ्दै गएको छ। बुधबार देशका पश्चिमी भू-भागमा सामान्य बदलि रहने तथा अन्य स्थानहरुमा आंशिक बदलि रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार केही उच्च हिमालि भु-भागमा हल्का हिमपात र पहाडि भु-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
आज सबभन्दा कम तापक्रम जुम्लामा छ। जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। त्यसैगरी जिरीको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस रहेको छ।
जोमसोमको तापक्रम ५ दशमलव २ डिग्री सेल्सयस मापन गरिएको छ। काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ। डडेल्धुरामा ७ दशमलव ९ डिग्री सेल्सियस छ।
आज बिहान सूर्योदय ६ बजेर ३५ मिनेटमा भयो भने सूर्यास्त बेलुका ५ बजेर ९ मिनेटमा हुनेछ।