राष्ट्रपतिको गाडी खरिद गर्नका लागि गुल्मीमा भीख संकलन

रिपोर्ट नेपाल | 2018 Nov 27 | 06:48 pm 2251

गुल्मी, मङ्सिर ११ : गुल्मीमा राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिदको विरोधस्वरुप भीख संकलन गरेको छ । नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मीले मंगलबार सांकेतिक विरोधस्वरुप भीख संकलन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडि जम्मा भएका विद्यार्थी नेता तथा कार्यकर्ताले राष्ट्रपति भण्डारीका लागि गाडी खरिद गर्ने भन्दै भीखका रुपमा ६ सय ८६ रुपैयाँ संकलन भएको जानकारी इकाई सभापति पुनाराम घिमिरेले दिए । भीखबाट संकलन गरिएको रकम जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रधानमन्त्री राहत कोषमा पठाइदिने जानकारी सभापति घिमिरेले दिए ।

भीख संकलन कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका नगर सभापति छवि पाण्डे जिल्लास्थित विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।

जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरू सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै नेविसंघले सांकेतिक विरोधस्वरुप भिख संकलन गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.