बारा, मङ्सिर ११ : बारा प्रसौनी गाउपालिका वडा नम्बर ७ बस्ने रमेश साहलाई प्रहरीले पक्राउ गरेको छ । बारा जिल्ला अदालतले गरेको फैसलापछि फरार रहेका साहलाई वीरगञ्ज कारागार पठाइएको छ । बारा जिल्ला अदालत कलैयाको फैसला पछिको आदेशले लागूऔषध मुद्दामा ५ वर्ष कैद र.५० हजार जरिवाना गरिएका रमेश साहलाई पक्राउ गरीएको समेत जनाएको छ ।
साहलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बारा जिल्ला अदालतले साहलाई कैद तथा जरिवानावापत कैद भुक्तानको लागी कारागार कार्यालय वीरगञ्ज पर्सामा पठाइएको जानकारी प्रहरी प्रदेश कार्यालयले दिएको छ ।