राप्रपाको सहायक प्रवक्तामा श्रेष्ठ मनोनित

रिपोर्ट नेपाल | 2018 Nov 27 | 05:17 pm 1865

काठमाडौं, मंसिर ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहायक प्रवक्तामा मोहन श्रेष्ठलाई मनोनयन गरेको छ ।

पार्टीको विधानअनुसार अध्यक्ष कमल थापाले श्रेष्ठलाई सहायक प्रवक्तामा मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव विश्वेश्वर शर्मा सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ यसअघि पनि सोही भूमिकामा रहेका भएपनि पछिल्लो केही महिनाअघि सो पद खारेज गर्दै उनलाई पार्टीको प्रचारविभाग प्रमूखको जिम्मेवारी दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.