व्रिटेनसँग कुटनीतिक पहल गरिदिन भुजेलको प्रचण्डलाई आग्रह

रिपोर्ट नेपाल | 2018 Nov 27 | 09:22 am 8701

काठमाडौं, मंसिर ११  : गोर्खा ग्रिन इनर्जी कम्पनीका अध्यक्ष वसन्तबहादुर भुजेलले व्रिटेन र नेपालको गोर्खाज बीच भएको विभेदकारी सुविधालाई एकै किसिमको बनाइदिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) लाई आग्रह गरेका छन् ।

प्रचण्ड निवास खुमलटारमा अध्यक्ष दाहालसँग विशेष भेटघाट कार्यक्रममा भुजेलले व्रिटेनसँगको दुई सय वर्षदेखि हुँदै आएको सम्बन्धलाई अझ सुन्दर र प्रगाढ बनाउनका लागि पनि गोर्खा र व्रिटेन नागरिकको पेन्सन सुविधामा एक हुनुपर्ने कुरामा जोड दिएका थिए ।

लामो समयदेखि यस विषयमा आन्दोलन र आवाज उठ्दै आएकोले दुई तिहाइ सरकारको नेतृत्व गर्ने पार्टीको अध्यक्ष भएको नाताले कुटनीतिक ढंगबाट विशेष पहल गरिदिन पनि भुजेलले प्रचण्डसँग आग्रह गरेका थिए ।

पैसा मात्र ठूलो कुरा नभएर व्रिटेन नेपालको असल मित्र भएकोले कुटनीतिक पहलबाट विभेदलाई हटाई दिन पनि भुजेलको जोड रहेको थियो । कुराकानीकै सन्दर्भमा अध्यक्ष वसन्त भुजेलले नेपालमा लगानीको सुरक्षा ग्यारेन्टी गर्दै व्रिटेनको लगानी भित्राउन पनि प्रचण्डसँग आग्रह गरेका थिए ।

भुजेलको लामो भनाई सुनेपछि अध्यक्ष प्रचण्डले व्रिटेन र गोर्खा बीच भएको विभेदकारी सुविधा प्रति नेकपा र स्वंयम् आफू चिन्तित् भएको बताउँदै यस विषयमा आफूले जोडदार आवाज उठाउने प्रतिबद्धता जाहेर गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.