हत्यारा खप्परवाला बाबा पक्राउ

| 2018 Nov 26 | 07:30 pm 2544

बारा  मङ्सिर १० : इलाका प्रहरी कार्यालय बाराले एक हत्यारालाई पक्राउ गरेको छ । शनिबार जितपुरसिमरा उपमहानगरपालिका वडा नं-७ बाट त्रिलोकी नाथ खप्परवाला बाबालार्इ पक्राउ गरेको हो ।

खप्परवाला बाबाले नाम थर  नखुलेको अन्दाजी २०/२२ को पुरुषको हत्या गरेको इलाका प्रहरी कार्यालय बाराले जनाएको छ ।  प्रहरीको अनुसार  बाबाले सो  पुरुषको निधार तथा अनुहारको भागमा धारीलाे हतियार प्रहार गरी मारेका थिए ।

बाबालार्इ पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा ७ को म्याद थप  गरी अनुसन्धान भइरहेको समेत प्रहरीले  जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.