काठमाडौं, मंसिर १० : मंसिर सुरु भएदेखि नै मानिसहरु चिसो कस्तो बढेको भनेर आपसमा कुरा गर्छन्। उनीहरुले दिनानुदिन चिसो बढीरहेको कुरा गर्दा के तापक्रममा उनीहरुले गफ गरेजस्तै गरी ओरालो लागेको हो त ? पक्कै पनि होइन। चिसो मौसमसँगै महसुस धेरै भएको हो।
तापक्रममा त्यस्तो उल्लेखनिय गिरावट आएको छैन। आज काठमाडौंको न्यूनतम तापक्रम ६ दशमल ६ डिग्री सल्सियस पुगेको छ। आइतबार ७ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम आज थोरै ओरालो लागेको हो।
आइतबार माइनस २ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको न्यूनतम तापक्रम सोमबार भने माइनस १ दशमलव ५ डिग्री मापन गरिएको छ। जुम्लाको तापक्रम शनिबार माइनस ३ डिग्री
आज जोमसोमको तापक्रम ५ दशमलव २ डिग्री मापन गरिएको छ। जोमसोममा आइतबार ५ दशमलव ६ डिग्री थियो। शनिबार त्यहाँको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस थियो।
जिरीको तापक्रम १ दशमलव ५ डिग्री छ । त्यसैगरी तापलेजुङ र डडेल्धुरामा समान ७ दशमलव ५ डिग्री मापन गरिएको छ।
देशको पूर्वी र मध्य पहाडि भुभागका केहि स्थानमा आंशिक बदलि रहने सम्भावना छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
काठमाडौंमा आज बिहान ६ बजेर ३३ मिनेटमा सुर्योदय भयो भने सुर्यास्त बेलुका ५ बजेर ९ मिनेटमा हुनेछ।