धादिङ दुर्घटनामा चालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Nov 26 | 06:48 am 1737

धादिङ, मंसिर १० : धादिङको थाक्रे गाउँपालिका–११ मान्खुमा आइतबार राति आइचर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गोगनपानीमा सामान पुर्‍याएर फर्कदै गर्दा मान्खुमा बा ३ ख ७९४९ को आइचर कच्ची ग्रामीण सडकमा पल्टिएर माख्नु निवासी २५ वर्षीय साजन सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

गाडीमा तीन जना सवार रहेकामा अन्य दुई जना घाइते भएकाले उनीको उपचार काठमाडौँको ट्रमा सेन्टरमा भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.