काठमाडौं, मंसिर ९ : पूर्वराजा ज्ञानेन्द्र शाहले लैनचौरस्थित तिर्सरा रेस्टुरेण्टमा डान्स गरेका छन्।
शुक्रबार ज्वाँइ राजीव शाहीको जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तहरुसँग नाँचगानमा सहभागी भएका हुन। उनीसँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्व युवराज पारस शाह र राजपरिवारका सदस्यहरुको उपस्थिति थियो।
यसअघि पूर्वराजा शाह देशका विभिन्न मठमन्दिर र महायज्ञमा सहभागी हुनुका साथै धार्मिक स्थलको यात्रा समेत गरेका थिए।










