आज पहाडी भूभागमा वर्षा, जुम्लाको तापक्रम माइनस २ मा झर्‍यो

| 2018 Nov 25 | 07:17 am 1954

काठमाडौं, मंसिर ९ : आज चिसो बढेको महसुस भएपनि तापक्रम भने स्थिर रहेको छ। आज जुम्लाको तापक्रम माइनस २ डिग्री सेल्‍सियस छ भने काठमाडौंको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ।

जुम्लाको तापक्रम शनिबार माइनस ३ डिग्री सेल्सियमा झरेको थियो। जुम्लाको तापक्रम शुक्रबार माइनस दुर्इ डिग्री सेल्सियसमा मापन गरिएको थियो।

काठमाडौंमा शुक्रबार ७ दशमलव डिग्री सेल्सियस रहेको तापक्रम शनिबार पनि ७ डिग्रीमा झरेको थियो। बिहीबार काठमाडौंको न्‍यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो भने जुम्लाको तापक्रम भन माइनस १ दशमल ६ डिग्री सेल्सियस थियो।

आजको जोमसोमको तापक्रम ५ दशमलव ६ डिग्री छ। शनिबार त्‍यहाँको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस थियो। जिरीको तापक्रम स्थिर छ। शुक्रबार २ दशमलव ५ डिग्री रहेको जिरीको तापक्रम आज पनि त्यती नै छ। शुक्रबार ७ दशमलव ४ डिग्रीको डडेल्धुराको तापक्रम आज ७ दशमलव ६ डिग्री पुगेको छ।

शुक्रबार ७ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको तापल्जेङको तापक्रम आज ९ दशमलव ८ डिग्रि पुगेको छ। शुक्रबार जोमसोमको तापक्रम ३ दशमलव २ डिग्री, जिरीको तापक्रम ३ दशमलव ७ डिग्री र डडेल्धु्राको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो।

मंसिर ०९ गते आइतबार दिउँसो: देशभर मौसम समान्यतया सफा रहेता पनि अपरान्हपछि पहाडि भू-भागका केहि स्थानमा आंशिक बदलि रहने सम्भावना छ ।

काठमाडौंमा आज बिहान ६ बजेर ३३ मिनेटमा सुर्योदय भयो भने सुर्यास्त बेलुका ५ बजेर ९ मिनेटमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.