लोकतन्त्रमा लुट मच्‍चाएर ओली सरकार नौ महिनामा नांगियो

| 2018 Nov 24 | 03:00 pm 2444

काठमाडौं, मंसिर ८: नेकपाका नेता ऋषी कट्टेलले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नौ महिनामा नै नांगिएको बताएका छन्।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन गर्दै नेता कट्टेलले अहिले कम्युनिस्टकै सरकार भएको देशमा अर्को कम्युनिस्ट पार्टीका नेताले विरोध गर्नु परेको र सडकमा उत्रिनुको अवस्था विडम्बना हो।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा जनप्रदर्शन गरेको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर नेकपाले जनसभा आयोजना गरेको हो । भृकुटीमण्डममा हुने कार्यक्रममा पार्टीका महासचिव विप्लव भने सहभागी हुने छैनन् ।

जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा निगरानी बढाइएको छ ।

कार्यक्रममा कसले के भने ?

ऋषी कट्टेल

नेपाल कम्युनिस्ट आन्दोलनको दुखद क्षण हो। पुर्नगठन, किराँती, आहुतीले पुर्नगठन गर्न काम गरिरहेका छन्। गद्दारहरुले क्रान्तिलार्इ धोका दिन्छन्। नेपाल कम्युनिस्ट पार्टीको पुर्नगठनमा लागेका साथीहरुलार्इ अपिल गर्न चाहान्छु । अबको पुर्नगठनले अन्तिम लडार्इँ लड्‍नुपर्छ।’

‘देश अहिले गम्भीर संकटबाट गुज्रीरहेको छ। नेपालमा कम्युनिस्ट आन्दोलनको सरकार छ तर आमसभा गरिरहन पनि पाएका छैनौं। हरेक ठाउँमा निषेधाज्ञा जारी गरेको छ। कम्युनिस्टको सरकार भइरहँदा पनि क्रान्तिकारी कम्युनिस्टहरुले सरकारको विरोध गर्नुपर्ने विडम्बना सिर्जना भएको छ।’

अहिले देश कम्युनिस्ट पार्टी नाम गरेको घुसखोरी, नोकरशाहीले मुलुक चलाइरहेका छन्। नेपाल लोकतन्त्रको नाममा लुटतन्त्रमा परिवर्तन भइरहेको छ। अहिले जनता भोकमरी, गरिबी, बलात्‍कार, हत्याबाट गुज्रीरहेका छन्। नवसामन्तवादमा रुपान्तरण भइरहेको छ। नेपाली कम्युनस्टको काँधमा गम्भीर जिम्मवारी आएको छ। क्रान्तिको इतिहास लामो छ, हजारौंले साहदत प्राप्त गरेका छन्।

जब क्रान्तिले गति लिन्छ तर नेतृत्वले गद्दारी गर्ने गरेको छ। जनसंघर्षको कार्यदिशा अघि बढाउनैपर्छ। विदेशी दलाल र माफियाहरुलार्इ परास्त गरेर साँचो अर्थमा जनक्रान्तिको उपहार ल्याउनैपर्छ।

नेपाल कम्युनिस्ट पार्टीको पुर्नगठन भइरहेको छ। यसलार्इ नयाँ पुस्ताबाट काम गरिरहनुभएको छ। नेपाली जनक्रान्तिको कार्यदिशा के हुने भनेर वस्तुगत धरातल के हो जस्ता कुरालार्इ ध्यानमा राखेर कार्यदिशा तय गर्नुपर्छ। संयुक्त जनसंघर्ष, जसले सर्वहारा, उत्पिडित वर्गको उत्थानका लागि अघि बढ्नुपर्छ।

अहिलेको संघर्ष ज्ञानेन्द्र र कांग्रेसका विरुद्ध होइन। अहिलेको क्रान्ति र संघर्ष दशैं वर्ष जनआन्दोलन र झापा विद्रोह गर्‍यौं भन्न‍ेहरुविरुद्ध हो। बन्दुक पड्‍काएमात्र का्न्ति सफल हुँदैन। यो कम्युनिस्ट नेतृत्वकै सरकार नौ महिनामा नांगिएको छ। राष्ट्रको रक्षाका लागि, जनताको जविकाको लागि आन्दोलन आजको आवश्‍यकता हो। नेपाली जनताको सहयोगमा संयुक्त जनसंघर्षको आव्हान गर्नुपर्छ।

गोपाल किराँती

केपी ओलीको समाजवाद पनि देखियो, समृद्धि पनि देखियो स्थायीत्व पनि देखियो। नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलार्इ दमन गर्ने, थुन्‍ने काम गर्‍यो। नझुक्दै नझुक्‍ने यो देशको छोरो खड्‍गप्रसादलार्इ विशेष सम्मान छ। माओवादी आन्दोलनमा नभएका मान्‍छेहरु आन्दोलनमा लागेका थियौं।

चण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने बेला आएको छ। जनयुद्ध सकिएपछि प्रचण्ड अर्बपति बनेर पूँजीवाद र सामन्तवादको चंगुलमा फसेको छ। प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण नै गर्न आफ्ना कार्यकर्ता तथा जनतामाझ प्रस्ताव गरेका हुन् ।

कांग्रेसका कारण राणा शासन ढल्यो, माओवादीका कारण राजतन्त्र, एमाले त केबल पुच्छर मात्रै हो। उसको कुनै विरासत थिएन र छैन।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.