वाइड बडी जहाज खरिदबारे छानबिन गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समिति अघि सर्‍यो

रिपोर्ट नेपाल | 2018 Nov 23 | 06:49 pm 3048

काठमाडौँ, मङ्सिर ७ : प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायु सेवा निगमले वाइड बडी जहाज खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।

जहाज खरिदबारे छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको बैठकले तीन सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिले छानबिन गरी एक महिनाभित्र प्रतिवेदन दिनेछ भने उपसमितिले जहाज खरिद प्रक्रियादेखि बजारीकरणसम्मका विषयमा छानबिन गरी समितिमा प्रतिवेदन बुझाउने छ ।

जहाज आएपछि दैनिक १ करोड रुपैयाँ घाटामा गएको र सरकारसँग अनुदान माग गरेको निगमको उडान र व्यवस्थापनबारे समेत उपसमितिले छानबिन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य माधवकुमार नेपालले जानकारी दिनुभयो ।

गठन गरिएको उपसमितिमा कांग्रेस सांसद प्रकाशमान सिंह संयोजक रहेको उपसमितिमा नेकपाका सांसद नारदमुनि राना र संघीय समाजवादी फोरमकी सांसद रेनुका गुरुङ सदस्य छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.