जुम्लाको तापक्रम माइनस २ मा झर्‍यो, पहाडी क्षेत्रमा वर्षा हुनसक्‍ने

| 2018 Nov 23 | 07:24 am 2097

काठमाडौं, मंसिर ७ : आज शुक्रबार काठमाडौंको तापक्रममा थोरै वृद्धि भएपनि जुम्लामा भने तापक्रम घट्‍दै भएको छ। आज काठमाडौंको न्‍यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने जुम्लाको न्‍यूनतम तापक्रम माइनस दुर्इ डिग्री सेल्सियसमा झरेको छ।

बिहीबार काठमाडौंको न्‍यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो भने जुम्लाको तापक्रम भन माइनस १ दशमल ६ डिग्री सेल्सियस थियो। काठमाडौंको न्‍यूनतम तापक्रम बुधबार ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। त्यस्तै मंगलबार काठमाडौंको न्यूनतम तापक्रा ७ डिग्री थियो भने सोमबार ८ डिग्री सेल्सियस थियो।

आज जोमसोमको तापक्रम ३ दशमलव २ डिग्री, जिरीको तापक्रम ३ दशमलव ७ डिग्री र डडेल्धु्राको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै बिहीबार जोमसोमको तापक्रम ४ डिग्री सेल्सियस थियो भने जिरीको न्यूनतम तापक्रम ५ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको थियो। जोमसोमको तापक्रम बुधबार १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। जिरीमा २ डिग्री र जुम्लामा माइनस १ दशमलव ६ डिग्री सेल्सियसमा झरेको थियो।

आज देशभर मौसम सामान्यतया सफा रहेता पनि अपरान्ह पश्चात पूर्वी तथा पश्चिमी पहाडी भूभागका केहि स्थानमा आंसिक बदलिको हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज सुर्योदय ६ बजेर ३१ मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बनेर २४ मिनेटमा हुने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.