ट्रयाक्टरबाट लडेर २ वर्षीया बालिकाको मृत्यु 

रिपोर्ट नेपाल | 2018 Nov 22 | 05:59 pm 3145

सप्तरी, मङ्सिर ६  :  कञ्चनरुप नगरपालिका ६ की एक बालिकाको आज ट्रयाक्टरबाट लडेर मृत्यु भएको छ । सञ्जीव चौधरीकी छोरी दुई वर्षीया कृतिकाको निधन भएको उनका हजुरबुवा कुशेश्वरले जानकारी दिए ।

घर नजीकै रहेको मामाघरमा बिग्रेर राखिएको ट्र्याक्टरमा खेलिरहेकी बालिका लडेर घाइते भएपछि उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया लगिएकामा थप उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटामा मृत्यु भएको काका हजुरबुवा देवनारायणले बताए ।

राजविराजस्थित गजेनद्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षण गरी घर परिवारलाई बुझाइएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.