पत्रकार सिद्दीकीको निधन

रिपोर्ट नेपाल | 2018 Nov 22 | 11:25 am 1554

बाँके, मंसिर ६: नेपालगञ्जका पुराना पत्रकार रहीस अहमद सिद्दीकीको गए राति निधन भएको छ ।

बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष उहाँको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति ११ बजे निधन भएको हो ।

सिद्दीकीको अन्तिम संस्कार आज बिहीबार दिउँसो १ बजे स्थानीय कब्रिस्तानमा हुने पारिवारिक स्रोतले जनाएको छ । कलेजो र मिर्गौलामा संक्रमण भएर विगत छ महीनादेखि अस्वस्थ रहँदै आउनुभएका उनलार्इ दश दिनदेखि अस्पतालमै राखिएको थिए।

सिद्दीकीको उपचारका लागि काठमाडौँ र भारतको लखनउका अस्पतालमा भर्ना गरिए पनि रोग निको हुनसकेको थिएन । दुई वर्षअघि उनको मुटुको शल्यक्रियासमेत भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.