हुसेन हत्याको आशंकामा ६ भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 21 | 04:27 pm 1702

सुनसरी, मंसिर ५ : सुनसरीमा ‘मर्निङ वाक’ मा निस्किएका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशंकामा ६ भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ परेका सबै भारतीय मूलका र जय बाबा इँटा उद्योगकै कामदार र सक्युरिटी गार्ड रहेको प्रहरीले जानकारी दिएको छ । सुनसरीको दुहबी–९ मा सञ्चालित उद्योगका सुपरभाइजर हुसेनमाथि बुधबार (आज) बिहान गोली प्रहार भएको थियो ।

‘हत्याको आशंकामा ६ जना पक्राउ परेका छन् । पक्राउ परेका सबै भारतीय मूलका नागरिक हुन् । थप अनुसन्धान जारी छ’, प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने । हुसेनको हत्यापछि दुहबीका स्थानीयले दोषीमाथि कार्बाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

सुनसरीमै यसअघि भारतीय सुटरको समूहले हरिनगर–२ मा एक विद्यालयका अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या गरेको थियो । आलमका हत्याराको अझै पहिचान हुन सकेको छैन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.