राष्ट्रिय वाणिज्य बैंकले कमायो एक अर्ब १२ करोड

रिपोर्ट नेपाल | 2018 Nov 19 | 02:13 pm 2245

काठमाडौँ, कात्तिक ३ : राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महीनामा एक अर्ब १२ करोड मुनाफा कमाएको जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकले बढी नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा बैंकले ७० करोड ९५ लाख मात्रै नाफा कमाएको थियो । पछिल्लो तीन महीनामा एक खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब २३ अर्ब ऋण लगानी गरेको बैंकले जनाएको छ ।

बैंकको चुक्ता पूँजी नौ अर्ब पुगेको छ भने जगेडा कोष १ सय ४१ दशमलब ६७ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड पुगेको बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यस्तै बैंकको पूँजी कोष अनुपात १३.७५ प्रतिशत छ भने खराब कर्जा ३.८३ प्रतिशत पुगेको छ । आधार ब्याजदर पनि बढेर ६.३३ प्रतिशत पुगेको छ । यसैगरी बैंकको कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत छ । यस्तै प्रतिशेयर आम्दानी गत वर्षको सोही अवधिको तुलनामा चार रुपैयाँले बढेर १२ रुपैयाँ ४४ पैसा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.