- रुद्रदेव पाण्डे
काठमाडौं, मंसिर ३ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, छोरा प्रकाश दाहालको प्रथम स्मृतिसभामा सम्बोधनका क्रममा निकै भावुक बने। उनी बोल्दाबोल्दै गला अबरुद्ध भयो र केही बेर रोकिए।
उनले भने, ‘प्रकाशमा केही बालसुलभ व्यवहार कायम रहे पनि उनी परिपक्व हुँदै गएका थिए। उनलार्इ भरोसा गर्न सकिने र जिम्मेवारी सुम्पन सक्ने भइसकेका थिए।’ अध्यक्ष दाहालले प्रकाश एक उदयीमान युवा प्रतिभा भएको र हजरौं युवाको ढुकढुकी भइसकेको आफूले नर्भिकदेखि आर्यघाटसम्मको युवाको सहभागिताबाट हामी एक्लो छैनौं भन्ने विश्वसत भए।’

उनले भने, ‘तीनै युवा सहभागिताबाट देशमा एक प्रकाश गुमेको तर हजारौं प्रकाशले आफूलार्इ साथ दिएको महसुस गरे। तीनै प्रकाशहरुको माया, सदभाव, प्रेम र हसौलाका कारण मैले र मेरो परिवारले ति सहन असम्भव लाग्ने कुराको सामाना गर्यौं।’
‘प्रकाशको देहावसन परिवार, पार्टी र देशलार्इ नै स्तब्ध पार्ने समाचार बनेको थियो’, उनले थपे, ‘सजिलो थिएन त्यसको सामना गर्ने कुरा। सिंगो नेपालीको माया, सदभाव प्रेम र हौसाला कारण असम्भव लाग्ने कुराको सामना गर्यो। शोकलार्इ शक्तिको रुपमा बदल्न सफल भयौं।’

सारा नेपालीको माया र सदभाव आफ्नो परिवार, पार्टी र आफूलार्इ उर्जा थपिएको महसुस भएको र बाँच्ने प्रेरणा मिलेको अध्यक्ष दाहालले बताए। उनले भने, ‘सायद नेपाली जनताको माया र प्रेम हुँदैनथ्यो भने परिवार सायद विघटन भइसकेको हुन्थ्यो। नेपालीको मायाले अघि बढ्ने प्रतिज्ञा गरेका छौं।’

प्रकाशको सम्झनामा स्मारिका समेत प्रकाशन गरिएको छ। उक्त पुस्तक प्रज्ञा स्मृति प्रतिष्ठानको नाममा प्रकाशन गरिएको दाहालले जानकाी दिए। उनले भने, ‘प्रकाश र ज्ञानुको सम्झनामा स्मृति प्रतिष्ठान बनाउने निर्णय गरेका छौं। यसले आगामी दिनहरुमा शिक्षा, स्वास्थ्य, अनुसन्धान र उनीहरुको रुची भएको क्षेत्रमा काम गर्नेछ।’
आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका प्रकाशको गत वर्ष मंसिर ३ गते नर्भिक अस्पतालमा हृदयघातका कारण निधन भएको थियो।
प्रकाश पूर्वप्रधानमन्त्रीसमेत नेकपा अध्यक्ष दाहालका एकमात्र छोरा थिए। उनले दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा काम गरेका थिए। २०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन्।

त्यस्तै उनीकी छोरी ज्ञानु दाहाल केसीको चार वर्ष पहिले क्यान्सरका कारण निधन भएको थियो।
स्मति सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णप्रसाद महरा, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, बाबुराम भट्टरार्इ, लोकेन्द्रबहादुर चन्द, राजपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा नेता मोहन वैधलगायतका नेता कार्यकर्ता तथा सरकार मन्त्रीहरु र उच्च अधिकारीहरुले प्रकाशको फोटोमा पुष्पागुच्छा चढाएर श्रद्धान्जली अर्पण गरेका थिए।









