नेपाली ट्यांकर चालकलार्इ सीमामा भारतीय प्रहरीद्वारा कुटपिट, इन्धन ढुवानी ठप्प

| 2018 Nov 18 | 03:24 pm 2224

विराटनगर, म‌ंसिर २ :   नेपाली ट्यांकर चालकले भारतबाट इन्धन ढुवानी ठप्प पारेका छन् । भारतीय प्रहरीले जोगबनी बजारमा नेपाली ट्यांकर चालकलाई कुटपिट गरेपछि ढुवानी ठप्प पारेका हुन् ।

भारतको बरौनीबाट पेट्रोल लिएर आउँदै गरेको को.१ ख ६००९ नम्बरको ट्यांकरका चालकलाई कुटेपछि ट्यांकर चालकले ढुवानी नगर्ने भन्दै धर्नामा बसेका छन् । कुटपिट गर्ने भारतीय सुरक्षाकर्मीलाई कारबाहीकाे माग गर्दै धर्नामा बसेका हुन् । उनीहरुले यस्ता दुव्र्यवहार रोकिनुपर्ने, सुरक्षा हुनुपर्ने, जाम भइरहेको सडकको विकल्प खोजिनुपर्ने लगायत माग अघि सारेका छन् ।

यता, नेपाल पेट्रोलियम ट्यांकर चालक संघ प्रदेश १ का अध्यक्ष केशव आचार्यका अनुसार अन्य सवारी साधनलाई ‘ओभरटेक’ गरेको भन्दै चालकलाई बाहिर निकाली दुव्र्यवहार गरिएको बताएका छन् ।

भारतको बथनाहाबाट जोगबनीसम्मको सात किलोमिटर सडक साँघुरो भएर सधैँ जाम हुने गरेको छ । पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई भने ‘ओभरटेक’ गरेर भए पनि अघि जान दिन भारतीय सुरक्षाकर्मी सहमत भए पनि दुर्व्यवहार र कुटपिट भएपछि ढुवानी ठप्प गर्नुपरेको उनीहरुको गुनासो छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.