‘संसद्‍मा चोर पसे’

| 2018 Nov 18 | 08:31 am 2209

काठमाडौं, मंसिर २ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् पूर्वसभासद् नारायणमान विजुक्छेले संसदभित्र चोर, डाका, कालाबजारीया र ठेकेदार प्रवेश गरेको आरोप लगाएका छन् ।

आइतबार बिहान अध्यक्ष विजुक्छेले रेडियो कान्तिपुरसँग कुरा गर्दै दुई तिहाई प्राप्त सरकार अल्पमतको भन्दा पनि अलोकप्रिय भएको बताए । निर्वाचनका बेला माथि भनियजस्ता मान्छेसँग पैसा लिएको र टिकट वितरण गरेका कारण अहिले उनीहरुबाट समृद्ध नेपालको चाहाना राख्नु मुखर्ता हुने विजुक्छेको भनाई रहेको थियो ।

समृद्ध नेपाल मुखमा छ तर व्यवहारमा भने समृद्ध परिवार भएको विजुक्छेको आरोप रहेको छ । २०१५ सालपछि पहिलो पटक दुई तिहाई प्राप्त नेकपाको नेतृत्वको सरकार सबै सदस्य लुटतन्त्रमा लागेको बताउँदै यस्ता भ्रष्टहरुबाट समृद्ध नेपालको आशा गर्न नहुने उनको भनाई थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि राजदुत र न्यायधिसको भागवण्डाको आशामा मौन रहेको विजुक्छेको आरोप थियो । सरकारको काम कारबाही मुखले अत्यन्तै मिठास भएको तर व्यवहारमा भने इतिहासमा सबै भन्दा तितो भएको उनको भनाई रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.