काठमाडाैं, मङ्सिर १ : श्रीलंकामा चर्कँदो दलीय तनावका बीच बिहीबार कुर्सीले हानाहान भएका श्रीलंकाका सांसदहरुले शुक्रबार पनि हंगामा मच्चिएको छ । बिहीबार भन्दा शुत्रबार झनै ठूलो हंगामा मच्चिएको हो ।
बिहीबार कुर्सीले हानाहान भएका सांसादहरुले शुत्रबारको बैठकमा कुर्सीले हानाहन हुनकासाथै खुर्सानीको धुलेले समेत हनाहान भएका छन् । नवनियुक्त प्रधानमन्त्री महिन्दा राजपाक्षेका समर्थक सांसदहररूले सभामुखमाथि किताब, पिसेको खुर्सानी र पानीको बोतल प्रहार गरेका छन्।
संसद बैठक उग्र भएपछि सभामुख कारु जयसूर्याले भित्रै प्रहरी बोलाउनु परेको थियो । उनले सोमबारसम्म सदनको कारबाही स्थगित पनि गरेका छन् ।राजपाक्षेका समर्थकहरूले जयसूर्याका प्रहरीले अर्को कुर्सी ल्याउन नदिने कोसिस गरेका थिए। एक सांसदले सो कुर्सीबाट कुसन निकालेर दुवै सभामुख र उनलाई सुरक्षा दिइरहेको प्रहरीमाथि पनि प्रहार गरेका थिए।
शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पास भएको छ । राजापाक्षे समर्थक सांसदहरुले विपक्षी सांसदहरुलाई अवरोध पुर्याउन हंगामा गरेका थिए ।
प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पास भएपछि राजापाक्षे समर्थित सांसदले अविश्वासको प्रस्ताव ध्वनि मतका आधारमा पारित गरेको भन्दै विरोध जनाएपछि दुई पक्षबीच भिडन्त भएको थियो ।
राजपाक्षे समर्थित सांसदहरुले सभामुखलाई ध्वनिमतका आधारमा प्रधानमन्त्री हटाउने अधिकार नभएको आरोप लगाएका छन् । प्रधानमन्त्री राजापाक्षेले सभामुख कारु जैसूर्या एकपक्षीय भएको आरोप समेत लगाएका छन् । उनले सभामुखसँग प्रधानमन्त्री र मन्त्रिपरिषदलाई हटाउने अधिकार नभएको पनि बताएका छन् ।
राजापाक्षेले अहिलेको समस्याको समाधान गर्ने उचित विकल्प ताजा जनादेशमा जानुपर्ने पनि बताएका छन् । राजपाक्षेले भने चाँडै चुनाव हुनुपर्ने माग गरिरहेका छन्।
भिडियाे :