प्रधानमन्त्रीको कार्टुन सेयर गर्दा पक्राउ परेका नेविसंघका नेता रिहा

रिपोर्ट नेपाल | 2018 Nov 16 | 05:39 pm 1856

काठमाडौँ, कात्तिक ३० :  प्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा व्यङग्य गरिएको कार्टुन फेसबुकमा सेयर गर्दा पक्राउ परेका नेविसंघका नेता साधरण तारिकमा रिहा भएका छन् । काभ्रेको तपेश्वर उच्च माविका ईकाई अध्यक्ष कृष्ण ढकाल साधरणख तारिकमा रिहा भएका हुन् ।

ढकाललाई काठमाडौं जिल्ला अदालतले शुक्रबार रिहा गरेको हो ।  नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टका अनुसार ढकालले फेसबुकमा सेयर गरेको उक्त कार्टुन ढकालले बनाएको नभई अरु कसैले बनाएका थियो । उनलाई विना स्वार्थ रिहाको माग गर्दै नेविसंघले दबाब दिँदै आएको थियो ।

प्रधानमन्त्री ओलीको बिषयमा व्यङग्य गरिएको कार्टुन फेसबुकमा सेयर गरेको अभियोगमा कार्तिक १९ गते उनलाई काभ्रे प्रहरीले पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.