दशैं अघि बन्द भएको लाइसेन्सको अनलाइन फाराम मंसिर ७ गतेबाट खुल्ने

| 2018 Nov 15 | 03:28 pm 2304

काठमाडौँ, कात्तिक २९ :  सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को आवेदन मंसिरको पहिलो साताबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागले दशैंअघिबाट बन्द गरेको लाइसेन्सको आवेदन मंसिर ७ गतेबाट खुल्ने भएको हो ।

यातयात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालका अनुसार मंसिर ७ बाट अनलाइन फाराम खुल्ला गरिने भएको छ । विहान १० बजेबाट नै अनलाइन फाराम खुल्ने पनि उनले जानकारी दिए । उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो र्भयाङ, चावहिल सुकेधारा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत अनलाइन आवेदन भर्न सकिने उनले बताए ।

अनलाइन आवेदन विभागको वेबसाइटमा गएर अप्लाइ गर्न सकिन्छ । बाइक, स्कुटर र कार र जीपका लागि आवेदन दिन सकिने छ । यातायात व्यवस्था विभागले देशैभर लाइसेन्सको फारामका लागि अनलाइन अनिवार्य गरिसकेको छ ।

परम्परागत कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स अनिवार्य गरिएको भए पनि वर्ष दिन कुर्नुपर्ने बाध्यता भने हट्न सकेको छैन । करिब छ लाखले ट्रायल परीक्षा पास गरेर पनि लाइसेन्स पाउन सकेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.