काठमाडौं, कात्तिक २८ : नेपाली कांग्रेसका यूवा नेताहरु आगामी महासमिति बैठकमा नेतृत्व प्रति आक्रामक किसिमले प्रस्तुत हुन नियमित बैठकमा जुटेका छन् ।
बुधबार राजधानीको पुरानो बानेश्वरमा रहेको सिद्धार्थ फुडल्याण्डमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरुराज घिमिरेलगायतका नेताहरु बसेर रणनीति बनाएको बुझिएको छ ।
बैठक बारे केन्द्रीय सदस्य गगन थापासँग बुझ्दा पार्टी सुधारको पक्षमा रहेका साथीहरु बसेर महासमितिको भावना, विधान बारे छलफल भएको बताए । पार्टी कार्यक्रम बिहिन र दिशाहिन भएको समयमा यहि पार्टीमा आफ्नो भविश्य खोजिरहेका नेता कार्यकर्ता बसेर छलफल गर्नु स्वभाविक भएको थापाको भनाई हरेको छ ।
गएको केन्द्रीय समितिको बैठकमा समेत आक्रामक प्रस्तुत भएका यूवा नेताहरुले भन्दा सुधारको कार्यक्रम भनिए पनि अन्तत् सभापति शेरबहादुर देउवाका गतिविधि र कार्यशैली बारे कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको समाचार स्रोतले जनाएको छ ।