काठमाडौं, कलंकी बस्ने नुवाकोट धट्टेकूलो घर भएका २० वर्षीय दिपेश क्षेत्रीलाई चोरी गरेको ल्यापटप १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १३ बाफलबाट चोरी गरेको ल्यापटप सहित फेला पारी पक्राउ गरिएको बुझिएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।