‘नक्कली स्याम्पो र मसला उद्योग’ मा प्रहरी छापा, ४ पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 13 | 04:02 pm 2119

काठमाडौँ, २७ कात्तिक : काठमाडौं प्रहरी परिसरले कलंकीस्थित ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा छापा मारेर ४ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो भारतीय ब्राण्डको हेयर एण्ड सोल्डर स्याम्पो र बीएमसी मसला बनाउने नक्कली उद्योगमा छापा मारेर बासप्रसाद र ज्योती विडारीसहित कामदारलाई पक्राउ गरेको हो ।

परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले नक्कली उद्योगमा छापा मारेको थियो । परिसरका प्रमुख एसएसपी वसन्त लामाले छापा मारेर ठूलो परिमाणमा स्याम्पो र मसला बरामद गरिएको बताए ।

‘यहाँ मेसिन नै राखेर भारतीय ब्राण्डको नक्कली स्याम्पो र मसला बनाइँदो रहेछ’, उनले अनलाइनखबरसँग भने, ‘दुई जना घरधनी श्रीमान्–श्रीमती र थप दुई कामदारलाई नियन्त्रणमा लिएका छौं ।’

हाल आफू पनि घटनास्थलमै रहेको बताउँदै लामाले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’ परिसरका डिएसपी होविन्द्र बोगटीले लाखौं मूल्य बराबरको सामानहरु पनि बरामद भएको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.