३ दिन पछि उठ्यो मान सिंह वलिको लाश

रिपोर्ट नेपाल | 2018 Nov 12 | 08:52 pm 4000

दाङ कार्तिक २६ : शनिबार बसको ठक्करबाट मृत्यु भएका बबई गाँउपालिका वडा नम्बर ५ बबरपुर निबासी २२ बर्षीय मान सिंह वलिको शव ३ दिन पछि उठाइएको छ ।

कानुन अनुसार मृतकका परिवारलाई क्षतिपुर्ति दिने सहमती पश्चात् घरपरिवार तथा आन्दोलनरत स्थानीयहरुले शव उठाउन दिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख राम प्रसाद घर्तिले जानकारी दिए ।

राप्ती यातायात सेवा प्रा.लि. अन्तर्गत संचालित ना.२.ख.९६३५ नम्बरको बसले ब्याक गरी जानाजान ज्यान मारेको घरपरिवारले आरोप लगाएपछि आक्रोसित स्थानीयले शव उठाउन दिएका थिएनन् ।

शनिबार दाङ जिल्लाको पर्यटकिय क्षेत्र पुरन्धारा झरना पिकनिक स्पटमा पिकनिक खाएर फर्किदै गर्दा वलिलाई आफ्नै घर अगाडि गाडिले ठक्कर दिएको थियो ।

पिकनिकमा नशा सेवन गरेर गाडि चलाएको र जानाजान वलिलाई ब्याक गरेर मारेको प्रत्यक्ष दर्सी वलिको पत्नि बिमला वलिले बताए । घच्याक्क गाडि रोकिंदा के रैछ भनेर हेर्न जाँदा, श्रीमान्लाई गाडिले हानेको रैछ” बिमलाले भनिन् । “ सामान्य चोट पटक लागेको थियो , मेरो श्रमिान्लाई केहि नगर भन्दा ब्याक गरेर मारे ”

मृतक वलिको ७० बर्षीय हजुरआमा, एक श्रीमित र दुई नाबालक छोराहरु छन् । स्थानीयहरुले उचित क्षतिपुर्ति, बिमला वलिलाई रोजगार, नाबालकको पढाई लेखाई को व्यवस्था गरीनुपर्ने माग सहित स्थानीययहरु आन्दोलित थिए ।

शवको सुरक्षाका लागि ब्यापक रुपमा प्रहरी परिचालन गएिको थियो । यसै बीच लाश उठाउने र क्षतिपुर्ति सम्बन्धमा अहिले प्रहरी प्रशासन, स्थानीय सरकारका प्रतिनिधिहरु, पिडित पक्ष सहितको वार्ता भईरहेको छ । ठक्कर दिने गाडिलाई स्थानीयले तोडफोड गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.